खेलकुद

नेपाललाई सिंगापुरले दियो १४६ रनको लक्ष्य

१३ कार्तिक २०८०, सोमबार ०५:४४
नेपाललाई सिंगापुरले दियो १४६ रनको लक्ष्य

१३ कार्तिक, काठमाडौँ। टि–२० विश्वकप छनोटमा नेपाललाई सिंगापुरले १४६ रनको लक्ष्य पाएको छ। टस जितेर नेपालले पहिले फिल्डिङ रोजेपछि ब्याटिङ गरेको सिंगापुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४५ रन बनाएको हो।

सिंगापुरका लागि तीन ब्याटरले सम्मानजनक पारी खेले। रोहन राङ्ग्राजनले ३० बलमा सर्वाधिक ४६ रन बनाउँदा मनप्रित सिंहले २६ बलमा २४ रनको योगदान गरे।

रोहनले ९ चौका र १ छक्का प्रहार गरे भने सिंहले ३ चौका प्रहार गरे। आर्यभिर चौधरी २६ बलमा ३७ रन बनाउँदै नटआउट रहे। उनले ५ चौका प्रहार गरे। बाँकी ब्याटरले भने दोहोरो अंकमा रन बनाउन सकेनन्। ३ ब्याटर शून्य रनमै पेबेलियन फर्किए।

नेपालका लागि अभिनाश बोहराले ३ तथा करण केसी, गुल्शन झा र सन्दीप लामिछानेले समान २/२ विकेट लिए। करणले ४ ओभरमा ३६, अभिनासले ४३, सन्दीपले १८ र गुल्शनले २१ रन खर्चिए। ४ ओभरमा २१ रन खर्चिएका सोमपाल कामीभने विकेटबिहिन भए।

नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ।

प्रतिक्रिया दिनुहोस्