समाचार

समानुपातिक सांसद चयन गर्न जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै

१३ कार्तिक २०८०, सोमबार ०३:२१
समानुपातिक सांसद चयन गर्न जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै

१३ कार्तिक,काठमाडौँ। जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ ।

दिउँसो साढे २ बजे पार्टी कार्यालय बालकुमारीमा बस्ने बैठकमा मधेस प्रदेश सभाका समानुपातिक सांसद चयन गर्ने विषयमा छलफल हुने  केन्द्रीय प्रचार प्रसार तथा प्रकाशन विभागका प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

उनका अनुसार विन्दुकुमारी यादवको गत भदौमा निधन भएपछि उक्त स्थानमा उम्मेदवार सिफारिस गर्न बैठक बस्न लागेको हो । विन्दुकुमारी यादवको गत भदौमा निधन भएपछि उक्त स्थानमा उम्मेदवार सिफारिस गर्न बैठक बस्न लागेको बस्नेतले बताए।

साथै बैठकमा पार्टीको संगठन विस्तार तथा सुदृढीकरण सम्बन्धि तीन महिने अभियानबारे समेत समीक्षा हुनेछ।

प्रतिक्रिया दिनुहोस्