खेलकुद

टी-२० विश्वकप छनोट क्रिकेट: पहिलो खेलमा सिंगापुरसँग प्रतिस्पर्धा गर्दै नेपाल

१३ कार्तिक २०८०, सोमबार ०३:१६
टी-२० विश्वकप छनोट क्रिकेट: पहिलो खेलमा सिंगापुरसँग प्रतिस्पर्धा गर्दै नेपाल

१३ कार्तिक,काठमाडौँ। आईसीसी टी २० विश्वकप एसिया क्षेत्र छनोटको पहिलो खेल सोमबार नेपाल र सिंगापुरबीच हुँदैछ।

सन् २०२४ मा आयोजना हुने आईसीसी टी-२० विश्वकप क्रिकेट प्रतियोगिताका लागि एसियाली क्षेत्रका ८ राष्ट्रबीचको खेल सोमबारदेखि नेपालमा हुन लागेको हो।

समूहमा नेपालले ओमान र मलेसियासँग पनि खेल्ने छ । समूहका शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् । ८ टोली सहभागी प्रतियोगितामा फाइनल पुग्ने दुवै टोलीले विश्वकपमा स्थान बनाउनेछन् ।

छनोट प्रतियोगिता खेलहरु कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा र मुलपानी क्रिकेट मैदानमा खेलाइने छ । यो प्रतियोगिताबाट दुईवटा राष्ट्र आगामी टी-२० विश्वकपमा छनोट हुनेछन् । टी-२० विश्वकपको नवौँ संस्करण सन् २०२४ मा वेस्ट इन्डिज र अमेरिकामा संयुक्त रुपमा आयोजना हुँदैछ ।

मुलपानी क्रिकेट मैदानमा खेलाइने अर्को खेलमा बहराइनले पहिले ब्याटिङ गर्ने भएको छ । उक्त खेलमा यूएईले टस जिती पहिले बलिङ गर्ने निर्णय लिएको हो । नेपाल र सिंगापुर तथा यूएई र बहराइनबिचको खेल नेपाली समय अनुसार, बिहान ९ बजे सुरु हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्