समाचार

अरु पाँच सहमहामन्त्री पदको मतगणना आज हुने

२ पुष २०७८, शुक्रबार ०२:५६
अरु पाँच सहमहामन्त्री पदको मतगणना आज हुने

२ पुस, काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा सहमहामन्त्री पदका लागि भएको निर्वाचनको मतगणना जारी छ।

कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत मधेसी, खसआर्य, थारु, मुस्लिम र पिछडिएको क्षेत्र समूहका सहमहामन्त्रीको मत गणना पार्टी कार्यालय सानेपामा आज हुने भएको छ।

अरु पाँच सहमहामन्त्री पदको मतगणना भने आज हुने नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ। अब मतगणना हुन बाँकी छन्।

पिछडिएको क्षेत्र समूहको सहमहामन्त्रीमा देउवा पक्षबाट जीवनबहादुर शाही, शेखर पक्षबाट बद्री पाण्डे र निधि पक्षबाट चेतराज बराल उम्मेदवार छन्।

मधेसी समूहको सहमहामन्त्रीमा शेरबहादुर देउवा पक्षबाट महेन्द्र यादव, शेखर कोइराला पक्षबाट रामकृष्ण यादव र विमलेन्द्र निधि पक्षबाट रामकृष्ण यादव उम्मेदवार छन्।

थारु समूहको सहमहामन्त्रीमा देउवा पक्षबाट उमाकान्त चौधरी र शेखर पक्षबाट तेजुलाल चौधरी उम्मेदवार छन्।

मुस्लिम समूहको सहमहामन्त्रीमा देउवा पक्षबाट फरमुल्लाह मन्सुर र शेखर तथा निधि पक्षबाट शेख वकिल उम्मेदवार छन्।

यस्तै, खसआर्य समूहको सहमहामन्त्रीमा देउवा पक्षबाट किशोरसिंह राठौर, शेखर पक्षबाट देवराज चालिसे उम्मेदवार छन्।

प्रतिक्रिया दिनुहोस्