जीवनशैली

कसरी छाड्ने गुट्खा र परागको लत, अपनाउनुहोस् घरेलु उपाय

२ पुष २०७८, शुक्रबार ०१:४३
कसरी छाड्ने गुट्खा र परागको लत, अपनाउनुहोस् घरेलु उपाय

काठमाडौं। मानिसहरु गुटखाको सेवन शोखबाट शुरू गर्दछन तर पछि यो शोख बानीमा परिवर्तन हुँदै जान्छ । चाहेर पनि तपाईंले यसबाट छुटकरा पाउनुहुनेछैन ।

उमेर पुगेका मानिसले मात्र होइन भर्खरका युवायुवतीहरुको पनि पराग र गुटखा बानी हुन्छ । युवाअवस्थामै गुटखा,पराग खाने बानी लाग्यो भने त्यसको लत छुटाउन निकै कठिन हुने गर्छ । यो ड्रग्सको लत जस्तै हुने गर्छ । यसले गर्दा मुखको क्यान्सर हुने सम्भावना बढी हुन्छ ।

गुटखाजन्य उत्पादनहरुको सेवन अनेक रूपमा गर्ने गरिन्छ, जस्तैः जर्दा, रेडिमेड खैनी, हुक्का, चिलम, पान पराग, स्वीट सुपारी इत्यादी । गुटखा जस्तो विषबाट टाढा रहनका लागि तपाईंले केही उपाय तथा तरीकाहरु अपनाउन आवश्यक छ ।

यही तरिकाहरुको मददबाट तपाईंले गुटखा मात्र हैन सुर्तीजन्य अन्य उत्पादनहरु सेवन गर्ने खराब बानी सुधार गर्नसक्नुहुनेछ ।

पराग र गुट्खा छोड्नको लागि घरेलु उपाय

अदुवा

पराग र गुट्खाको नशालाई छोड्नको लागि अदुवालाई घरेलु उपायका रुपमा अपनाउन सकिन्छ । अदुवालाई स–सानो टुक्रा पारी कागतीको पानीमा भिजाएर राख्नुपर्छ । त्यसमा थोरै जुवानो र नुन मिसाउनु पर्छ । यसरी बनेको मिश्रणलाई सुकाएर एउटा भाँडामा राखिराख्नुपर्छ ।

जुवानो

५०/ ५० ग्राम जिरा र जुवानोलाई भुटेर मिश्रण गर्ने । यसमा बिरे नुन र कागतीको रस मिलाउनुपर्दछ । यसलाई सुख्खा बनाएर भाँडोमा राखिराख्ने र परागको खान मनलागेको बेला यस मिश्रणलाई मुखमा चपाउनुपर्दछ । यसले ग्याष्ट्रिकको समस्याबाट मुक्त हुन सकिन्छ ।

मह

कागती मिसिएको तातोपानीमा मह मिसाएर पिउँदा पराग र गुटखाको तलतलबाट छुटकारा लिन सकिन्छ । यसले नशाको हानिकारक रसायनलाई पनि नष्ट गर्छ ।

सुकमेल

जिरा, सुकमेल, हरद, सुकेको अमलाको मिश्रणले पनि परागको नशाबाट छुटकारा मिल्न सकिन्छ । जतिबेला पराग खान मनलाग्ने हुन्छ त्यतिबेला यो मुखमा हाल्ने गर्नुपर्छ । यसले ग्याष्ट्रिकबाट छुटकारा मिल्छ ।

प्रतिक्रिया दिनुहोस्