खेलकुद

विश्वकप क्रिकेटमा नेदरल्यान्ड्सको दोस्रो जित

१२ कार्तिक २०८०, आईतवार ०१:५६
विश्वकप क्रिकेटमा नेदरल्यान्ड्सको दोस्रो जित

१२ कार्तिक,काठमाडौं। आईसीसी विश्वकप क्रिकेटमा नेदरल्यान्ड्सले बंगलादेशलाई ८७ रनले पराजित गरेको छ। शनिबार राति सम्पन्न खेलमा नेदरल्यान्ड्सले दिएको २३० रनको लक्ष पछ्याएको बंगलादेश ४२.२ ओभरमा सबै विकेट गुमाएर १४२ रनमा समेटियो।

यस विश्वकपमा नेदरल्यान्ड्सको यो दोस्रो जित हो र यससँगै उसको ४ अंक भएको छ ।जितसँगै नेदरल्याण्ड तालिकाको आठौँ स्थानमा उक्लिएको छ भने पराजित भएको बंगलादेश नवौँ स्थानमा पुगेको छ।

प्रतिक्रिया दिनुहोस्