समाचार

तपाईंको आजको राशिफल कस्तो छ ?

२ पुष २०७८, शुक्रबार ०१:२५
तपाईंको आजको राशिफल कस्तो छ ?

तपाईंको दिन शुभरहोस…..

मेष राशी –  मेष राशि हुनेहरुको लागि आज दिन ईज्जत तथा मानप्रतिष्ठामा विकास हुने छ । मनोरञ्जन तथा भौतिक उन्नतिको योग छ ।आँटेको काम पुरा होला । महिला वर्ग बाट सहयोग मिल्नेछ । पारिवारिक सद्भाव बढ्नेछ ।

वृष राशी – वृष राशिका व्यक्तिहरुको लागि आजको दिन सामान्य कार्यलाई पनि बढीनै यत्न गरेरमात्रै सफलता पाउन सकिने खालको दिन रहेको छ । हतारमा र विना जरुरी फजुलका कार्यमा चेष्टा नगरेकै राम्रो हुनेछ । माया प्रेममा आत्मियताको बढोत्तरी हुनेछ ।

मिथुन राशी – मिथुन राशिका व्यक्तिहरुको लागि आजको दिन आम्दानीकर छ । रपनि विशेष आर्थिक प्राप्तिमा केही अबरोध देखिएको छ । विशिष्ट व्यत्तिको भेटघाटले मन प्रसन्न हुनेछ । सवारी साधनको खरिद बिक्री हुने योग छ । दाम्पत्य जीवन सुखमय हुनेछ ।

कर्कट राशी – कर्कट राशिका व्यक्तिहरुको लागि आजको दिन आत्मबल बढाउन र समयको सदुपयोग गर्न सकेको खण्डमा केही राम्रो अवसर प्राप्त हुनसक्ने देखिएको छ । नयाँ-नयाँ काम गरि समाजको ध्यान आफुतिर आकर्षित गर्न सकिनेछ ।

सिंह राशी – सिंह राशि हुनेहरुको लागि आज दिन सात्त्विक विचार र आस्था बढ्नाले धार्मिक कार्य सम्पादन गर्न सहज हुनेछ । स्वजनहरुसँगको भेटघाट र योजनासंवादको पनि स्थितिलाई गोचरले देखाइरहेको छ ।

कन्या राशी – कन्या राशि हुनेहरुको लागि आजको दिन  रोकिएको अधुरो कार्यले पूर्णता पाउनेछ । धनार्जनका नयाँ स्रोतहरु पत्ता लाग्नेछन् । रोमाञ्चक यात्रा होला । आजको समय बढी प्रेरणादायक रहनेछ । दाम्पत्य जीवनमा समझदारी कायम रहनेछ ।

तुला राशी – तुला राशिहुने हरुको लागि आजको दिन भौतिक सुखोन्नति हुने र सेवा सत्कार मिल्ने छ । जीवन साथी वा विपरित लिङ्गीको सहयोगले पनि आजको दिन रमाइलो बनाउने छ । इनाम र प्रतिष्ठा कमाउने बेलाछ । प्रेमीको सहयोग प्राप्त हुनेछ ।

वृश्चिक राशी – वृश्चिक राशिहुने व्यक्तिहरुको लागिआजको दिन हुनलाई पराक्रम बढ्ने खालको रहेको छ तरपनि अनावश्यक उन्माद तथा घमण्डमा समयको दुरुपयोग हुने हो कि भन्ने डर पनि देखिन्छ । मनमा दुविधा उत्पन्न हुनेछ ।  फितलो यात्रा हुनेछ ।

धनु राशी – धनु राशि हुनेहरुको लागि आजको दिन ज्ञानक्षमताको बल प्रस्तुतिको अवसर मिल्ने छ । विद्याको सदुपयोग गर्नसकिने र प्रशंसा पनि मिल्नेछ । विद्यार्थीले आजको दिनको बढी फाइदा उठाउन सकिनेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ ।

कुम्भ राशी – कुम्भ राशिका व्यक्तिहरुको लागि आजको दिन हुनलाई दिनलाई उपलब्धिमूलक बनाउन सकिने गोचर परेको छ । शुभकार्यको चर्चा चल्नेछ । मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । श्रमको उचित मुल्याङ्कन हुनेछ ।

मकर राशी – मकर राशिहुने व्यक्तिहरुको लागि आजको दिन प्रेममा सफलता प्राप्त हुनेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । कला र गलाको प्रभाव बढ्नेछ । प्रतिस्पर्धी बढ्नाले केही चुनौतीहरू देखिनेछन्।

मीन राशी – मीन राशिका व्यक्तिहरुको लागि आजको दिन लक्ष्मी तथा सरस्वती दुवैको कृपा मिल्ने योग छ । काममा दुविधा उत्पन्न हुन सक्छ । घर परिवारमा झै–झमेलाको अवस्था आउला । सामानहरू छुट्ने–हराउने सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस्