खेलकुद

महिला यू-१९ साफ च्याम्पियनसिपः नेपाल र भुटान भिड्दै

२ पुष २०७८, शुक्रबार ०१:१८
महिला यू-१९ साफ च्याम्पियनसिपः नेपाल र भुटान भिड्दै

२ पुस, काठमाडौं। साफ यू–१९ महिला फुटबल च्याम्पियनसिपअन्तर्गत नेपालले आज बिहिबार भुटानसँग प्रतिस्पर्धा गर्दैछ। राउन्ड रोविन पद्दतिमा हुने च्यापम्पियनसिपमा शीर्ष दुई टोलीले पुष ७ गते फाइनल खेल्नेछन् ।

फाइनल प्रवेशको सम्भावना बलियो बनाउन पनि नेपाललाई भुटानविरुद्ध जितको आवश्यक छ।  प्रतियोगिताअन्तर्गत नेपालले आज आफ्नो तेस्रो खेल खेल्न लागेको हो।

नेपालसहित बंगलादेश, भुटान, श्रीलंका र भारतको सहभागिता रहेको च्याम्पियनसिपमा एक अंक जोडेको नेपाल तालिकामा चौथो स्थानमा छ । यस्तै, बंगलादेश २ खेलबाट ४ अंकसहित दोस्रो, भारत १ खेलबाट तीन अंक जोड्दै दोस्रो, भुटान २ खेलबाट तीन अंक जोडर तेस्रो तथा जितबिहिन श्रीलंका तालिकाको पुछारमा छ ।

नेपाल र भुटानबीचको खेल बंगलादेशको ढाकास्थित शहिद सिपाही मुस्तोफा कमल स्टेडियममा नेपाली समय अनुसार साँझ ६ः४५ बजे सुरु हुनेछ।

प्रतिक्रिया दिनुहोस्