समाचार

सहमहामन्त्रीमा शेखर प्यानलका परियार निर्वाचित

१ पुष २०७८, बिहीबार १७:१०
सहमहामन्त्रीमा शेखर प्यानलका परियार निर्वाचित

१ पुस, काठमाडौं। कांग्रेस दलिततर्फ सहमहामन्त्रीमा जीवन परियार निर्वाचित भएका छन् । बिहीबार राति सार्वजनिक परिणामअनुसार प्रतिद्वन्द्वी मानबहादुर विश्वकर्मालाई ३७ मतान्तरले हराउँदै परियार निर्वाचित भएका हुन् ।

शेखर कोइरालाको प्यानलका उम्मेदवार बनेका जीवनले २२१५ मत पाएका छन् भने सभापति शेरबहादुर देउवाको प्यानलबाट उम्मेदवार बनेका मानबहादुरले २१७५ मत मात्र पाए । यस्तै गंगा सुनारको मत २२९ छ ।

मानबहादुर विश्वकर्मालाई पराजित गर्दै उनी निर्वाचित भएका हुन् । अन्तिम मत परिणाम आउन भने बाँकी छ ।  परियार शेखर कोइराला समूहका हुन् भने विश्वकर्मा शेरबहादुर देउवा समूहबाट उम्मेदवार भएका थिए ।

प्रतिक्रिया दिनुहोस्