समाचार

आगलागीमा परी एकै परिवारकी दिदी–बहिनीसहित तीनको मृत्यु

१ पुष २०७८, बिहीबार १७:०२
आगलागीमा परी एकै परिवारकी दिदी–बहिनीसहित तीनको मृत्यु

१ पुस, सर्लाही । सर्लाहीमा बेग्ला बेग्लै स्थानमा आगलागी हुदाँ एकै परिवारका दुई जना र एक वृद्धा गरी तीन जनाको मृत्यु भएको छ ।

बुधवार राति कबिलासि नगरपालिका वडा नं.७ सिरसिया बस्ने जोगी महरा चमारको फुसको कच्ची घरमा बिद्युत सर्ट भई आगलागी भएको थियो । आगलागिबाट चमारका तीन छोरीहरू मध्ये ८ वर्षकी लक्ष्मप् कुमारी र ३ वर्षकी सोगन्धि कुमारी गम्भिर घाईते भएका थियो । भने ५ वर्षिय छोरी सुधा कुमारी समान्य घाईते भएका थिए ।

गम्भिर घाईते दुई छोरीहरुको जिल्ला अस्पताल मलंगवा सर्लाहीमा उपचारपछि थप उपचारका लागि काठमाडौं लैजाने क्रममा बिहिवार बिहान बाटोमैे मृत्यु भएको प्रहरीले जनाएको छ ।

५ वर्षिय छोरी सुधा स्थानिय मेडिकलमा उपचार पश्चात घर फर्केको प्रहरीले जनाएको छ । आगलागीबाट घर, लत्ताकपडा, भाडाबर्तन जलेर ५० हजार मुल्य बरावरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

यसैगरी सर्लाहीको मलंगवा नगरपालिकामा पनि आगलागीबाट एक वृद्धाको मृत्यु भएको छ । बुधवार राति वडा नं. ६ खुटौना बस्ने नसिर खाँ आफ्नो घरदेखि अन्दाजीं.५ सय मिटर टाढा बाटोको छेउमा पराल बाली आगो ताप्ने क्रममा अचानक वृद्ध खाँले लगाएको कपडामा आगो लागेको थियो ।

वृद्धालाई आगोले पोलपछि नालिमा खसेको अवस्थामा प्रहरी गस्ती टोलीले देखेर उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल मलंगवा पठाएको थियो । गम्भिर अवस्थामा रहेका उनको उपचारको क्रममा अस्पतालमानै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सुचना अधिकृत तथा प्रहरी नायव उपरिक्षक माधब प्रसाद बुढाथोकीले जानकारी दिए । रासस

प्रतिक्रिया दिनुहोस्