२ कार्तिक, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को नयाँ नेतृत्व चयनका लागि आज (बिहीबार) मतदान हुँदैछ । मंगलबारदेखि सुरु भएको एनआरएनएको ११ औं महाधिवेसनमा आज नयाँ पदाधिकारी चयनका लागि मतदान हुन लागेको हो ।
काठमाडौंमा भइरहेको महाधिवेसनमा आज बिहान १० बजेदेखि साँझ ६ बजेसम्म मतदान हुँदैछ । विदेशमा रहेका एनआरएनले अनलाइनबाटै मतदान गर्ने व्यवस्था मिलाइएको छ । अनलाइनबाट मतदान गर्नेले गएराति १२ बजेदेखि नै मतदान गरिरहेका छन् । उनीहरुले पनि आज साँझसम्मै मतदान र्ग पाउँने बताइएको छ ।
एनआरएनको अध्यक्ष पदमा तीन जना उमेदवारबीच प्रतिस्पर्धा हुँदैछ । अध्यक्ष पदका लागि रुसबाट डा.बद्री केसी, जापानबाट महेशकुमार श्रेष्ठ, कतारबाट राजेन्द्रकुमार (आरके)शर्मा र अमेरिकाबाट रविना थापाले उमेदवारी दर्ता गराएका थिए ।
तर, अन्तिम समयमा हिजो (बुधबार)साँझ रविना थापाले अर्का उमेदवा महेशकुमार श्रेष्ठलाई समर्थन गर्दै आफ्नो उमेदवारी फिर्ता लिएकी हुन् ।