समाचार

सहमहामन्त्री: देउवा र शेखर समूहका २ उम्मेदवारबीच कडा प्रतिस्पर्धा

१ पुष २०७८, बिहीबार १६:२२
सहमहामन्त्री: देउवा र शेखर समूहका २ उम्मेदवारबीच कडा प्रतिस्पर्धा

१ पुस, काठमाडौं ।समावेशी कल्ष्टर अन्तर्गत कांग्रेस सहमहामन्त्री पदका लागि अहिले मतगणना भइरहेको छ।

४१०० मत गणना हुँदा देउवा पक्षका उम्मेद्वार मानबहादुर विश्वकर्माले अग्रता गुमाएका छन्। विश्वकर्माले १८८२ मत पाएका छन्। शेखर कोइराला प्यानलका उम्मेद्वार जीवन परियारले १९१९ मत पाएका छन्। दलित तर्फ सहमहामन्त्रीका अर्का उम्मेदवार गंगा सुनारले २०४ मत ल्याएकी छन्।

शेरबहादुर देउवा र शेखर कोइराला समूहका २ उम्मेदवारबीच कडा प्रतिस्पर्धा देखिएको हो।

प्रतिक्रिया दिनुहोस्