खेलकुद

एसियाली खेलकुदमा पदक विजेता खेलाडीलाई प्रधानमन्त्रीले गरे सम्मान

२४ आश्विन २०८०, बुधबार १३:५५
एसियाली खेलकुदमा पदक विजेता खेलाडीलाई प्रधानमन्त्रीले गरे सम्मान

२४ असोज, काठमाडौँ । चीनमा सम्पन्न १९औँ एसियाली खेलकुद प्रतियोगितामा एक रजत र एक कांस्य पदक विजेता नेपाली खेलाडीलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्मान गरेका छन् ।

सो अवसरमा प्रधानमन्त्री प्रचण्डले कबड्डी र करातेमा पदक प्राप्त गर्ने खेलाडीहरुलाई बधाई तथा शुभकामना दिएका हुन् । बुधबार पदक विजेता खेलाडीको सम्मानमा बोल्दै उनले आफूले बिदाइ गर्दा महिला सहभागिताको लागि बधाई दिएको भन्दै अहिले महिलाले नै मेडल र रेकर्ड बनाएको बताए ।

प्रधानमन्त्री प्रचण्डले खेलाडीहरुको प्रोत्साहनका लागि सरकारले घोषणा गरेको रकम दिने बताए । उनले भने, ‘खेलाडीको प्रोत्साहनको लागि मैले रकम दिने घोषणा गरेको थिए । नियमावली पास गरेका थियौँ, आजको क्याबिनेटमा दिने निकासाका लागि निर्णय भयो र एक हप्तामा त्यो अर्थबाट आउनेछ।’

प्रतिक्रिया दिनुहोस्