समाचार

सहमहामन्त्रीमा देउवा समूहका आङदेम्बे विजयी

१ पुष २०७८, बिहीबार १६:१४
सहमहामन्त्रीमा देउवा समूहका आङदेम्बे विजयी

१ पुस, काठमाडौं । नेपाली काँग्रेसको १४औं महाधिवेशनमा जनजातितर्फ शेरबहादुर देउवा समूहका भीष्मराज आङदेम्बे विजयी भएका छन् । प्रतिद्वन्द्वी शेखर कोइराला समूहका विकाश लामालाई पराजित गर्दै उनी विजयी भएका हुन् ।

जम्मा ४६८१ मत खसेकोमा ४४६२ मत गणना हुँदा आङ्दाङ्वे २५७८ मत ल्याएका छन् । लामाले १८२५ मत ल्याएका छन् । आङदेम्बेले ७५३ मतको अग्रता लिएका छन् । अब २१९ मत मात्र गन्न बाँकी छ ।  काँग्रेस निर्वाचन समितिले मत परिणाम भने औपचारिक रुपमा सार्वजनिक गरेको छैन ।

प्रतिक्रिया दिनुहोस्