मंगलबार बसेको बागमती प्रदेश मन्त्रिपरिषद् बैठकले सीमान्तकृत चेपाङ, वनकरीया माझी र बोटे समुदाय एकीकृत बस्ती तथा आवास कार्यक्रम कार्यान्वयनका लागि स्वीकृति प्रदान गरेको हो ।
प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयबाट कार्यान्वयन हुने उक्त कार्यक्रमका लागि प्रदेश मन्त्रिपरिषद् बैठकले कार्यविधिलाई स्वीकृति प्रदान गरेको सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले जानकारी दिए ।
यस्तै बैठकले प्रदेशका ३ जिल्ला मकवानपुर, चितवन र धादिङमा बसोवास गर्दै आएका चेपाङ, वनकरिया माझी र बोटे जातिलाई लक्षित गर्दै एकीकृत बस्ती तथा आवास कार्यक्रम सम्बन्धी कार्यविधि २०८०, स्वीकृत गरेको छ।
प्रदेश सभाको वर्षे अधिवेशन आज असोज २३ गते राति १२ बजेदेखि अन्त्य गर्नका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री (प्रवक्ता) गंगानारायण श्रेष्ठ बताए।
बैठकले प्रदेशभित्र रहेका प्रहरी भवन निर्माणका लागि सम्बन्धित कार्यालयलाई अख्तियारी दिने समेत निर्णय गरेको उनले प्रवक्ता श्रेष्ठले बताए।