२३ असोज, काठमाडौं । यही असोज २६ गतेदेखि नेपाल भ्रमण गर्ने तय भएको संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको भ्रमण स्थगित भएको छ ।
आगामी असोज २६ गते नेपाल आउने कार्यक्रम तय गरेका गुटेरसको भ्रमण स्थगित भएको परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले जनाएका छन् । गत शनिबारबाट प्यालेस्टाइनको लडाकु समूह हमास र इजरायलबीच चर्किएको युद्धका कारण अहिले उनको नेपाल भ्रमण स्थगित भएको उनले बताइन्।
परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले महासचिवको शुक्रबारबाट हुने तय भएको नेपाल भ्रमण स्थगित भएको र भ्रमणको अर्को मिति छिट्टै नै तय हुने जानकारी दिनुभयो ।
चार दिने भ्रमणका क्रममा महासचिव गुटेरेसले प्रधानमन्त्री पुष्पकमल दाहाल, मन्त्रीहरू र अन्य विशिष्ट अधिकारीहरूलाई भेट्ने तालिका रहेको थियो । गुटरेस जलवायु परिवर्तन र शान्ति प्रक्रियाका कामको सन्दर्भमा नेपाल भ्रमणमा आउन लाग्नु भएको थियो ।