खेलकुद

२ खेलाडीको शतक, श्रीलंकाले पाकिस्तानलाई दियो ३४५ रनको लक्ष्य

२३ आश्विन २०८०, मंगलवार १५:१६
२ खेलाडीको शतक, श्रीलंकाले पाकिस्तानलाई दियो ३४५ रनको लक्ष्य

२३ असोज, काठमाडौं । आइसीसी विश्वकप क्रिकेटमा श्रीलंकाले पाकिस्तानलाई ३४५ रनको लक्ष्य दिएको छ ।

टस जितेर पहिला ब्याटिङ गरेको श्रीलंकाले निर्धारित ओभरमा ९ विकेट गुमाएर ३४४ रन बनाएको हो । श्रीलंकाका लागि २ जना खेलाडीले शतकीय पारि खेले ।

सुरुआत राम्रो नभए पनि पथुम निसनका र कुसल मेन्डिसले श्रीलंकन पारि सम्हालेका थिए । पहिलो विकेटको रुपमा कुसल परेर खाता नै नखोली आउट भए ।

दोस्रो विकेटको रुपमा पथुम निसनकाले ५१ रनको अर्धशतकीय पारि खेले । त्यसपछि कुसल मेन्डिस र सदिरा समरविक्रमा दुवैले शतकीय पारि खेल्दा श्रीलंकाले ३ सय प्लसको स्कोर बनाउन सफल भयो ।

कुसल मेन्डिसले १२२ रनमा आउट भए । उनले ७७ बल फेस गर्दा ६ छक्का र १४ चौका प्रहार गरेका थिए । यस्तै ८९ बल फेस गरेका सदिराले ११ चौका र २ छक्का प्रहार गरे ।

प्रतिक्रिया दिनुहोस्