समाचार

सहमहामन्त्रीमा उपाध्याय निर्वाचित

१ पुष २०७८, बिहीबार १६:०५
सहमहामन्त्रीमा उपाध्याय निर्वाचित

१ पुस, काठमाडौं । नेपाली काँग्रेसको १४औं महाधिवेशनमा महिलातितर्फ सहमहामन्त्रीमा महालक्ष्मी उपाध्याय (डिना) निर्वाचित भएकी छन् ।

 डिनाले २५३३ मत ल्याएकी छन् । उनकी प्रतिद्वन्द्वी कोइराला समूहकी कमला पन्तले २१०५ मत ल्याएकी छन् । महिला तर्फबाट एकजना सहमहामन्त्रीमा निर्वाचित हुने व्यवस्था छ। काँग्रेस निर्वाचन समितिले मत परिणाम भने औपचारिक रुपमा सार्वजनिक गरेको छैन ।

कमला पन्तलाई पराजित गरेर उनी काँग्रेसको पहिलो निर्वाचित सहमहामन्त्री भएकी छन् । उपाध्याय शेरबहादुर देउवा प्यानलकी उम्मेदवार हुने भने पन्त शेखर कोइराला प्यानलबाट चुनाव लडेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्