समाचार

कांग्रेस सहमहामन्त्री अपडेट: जीवनले फेरि मानबहादुर विश्वकर्मालाई उछिने

१ पुष २०७८, बिहीबार १५:५३
कांग्रेस सहमहामन्त्री अपडेट:  जीवनले फेरि मानबहादुर विश्वकर्मालाई उछिने

१ पुस, काठमाडौं । नेपाली काँग्रेसको सहमहामन्त्रीमा मानबहादुर विश्वकर्मा र जीवन परियारबीच कडा टक्कर देखिएको छ । ३ हजार ९६४ मत गणना हुँदा जीवन परियारले अग्रता लिएका हुन् ।

३९६४ मत गन्दा परियारले २८६५ मत ल्याएका छन्। यस्तै, देउवा समूहका उम्मेदवार मानबहादुर विश्वकर्माले १८३७ मत ल्याएका छन्। दलिततर्फतका अर्का उम्मेदवार गङ्गा सुनारले २०४ मत ल्याएकी छन्।

शुरुवाति अग्रता लिएका देउवा समूहका उम्मेदवार विश्वकर्मालाई पछि फाल्दै परियारले अग्रता लिएका छन् ।

प्रतिक्रिया दिनुहोस्