समाचार

विश्व मानसिक स्वस्थ दिवस मनाइँदै

२३ आश्विन २०८०, मंगलवार ०२:५९
विश्व मानसिक स्वस्थ दिवस मनाइँदै

२३ असोज, काठमाडौं। विश्व मानसिक स्वास्थ्य दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ।

हरेक वर्षको अक्टोबर १० मा यो दिवस यस वर्ष मानिस र समुदायका लागि ‘मानसिक स्वास्थ्य सबैको अधिकार’ भन्ने नारासहित मानसिक स्वास्थ्यसम्बन्धी सचेतना अभिवृद्धिमूलक कार्यक्रम गरी मनाइँदै छ।

जसले गर्दा व्यक्ति हाँस्न ,रमाउन र बाँच्न नै बिर्सिन्छ ।  कतिपय व्यक्तिहरू डिप्रेसनको सिकार हुने गरेका छन् । यो समस्या दिनानुदिन बढ्दै गएको छ । बढ्दो आधुनिकता, बदलिँदो जीवनशैली अनि बढ्दो मानवीय महत्वकाङ्क्षाका कारणले मानिसमा लामो समयसम्मको निराशापन, मानसिक असन्तुलनका कारण आत्महत्यालगायत समस्या बढिरहेका छन् ।

मानसिक स्वास्थ्यलाई विश्वभरि मिलेर सामना गर्न सन् १९९२ देखि हरेक वर्ष १५० भन्दा बढी देशमा विश्व मानसिक स्वास्थ्य दिवस मनाइन्छ । यो दिवसले संसारमा मानसिक स्वास्थ्यसम्बन्धी मुद्दा, समस्या अनि उपचारात्मक र प्रतिरोधात्मक तरिकाहरूबारे चेतना जागृत गरिन्छ ।

स्वास्थ्य क्षेत्रमा मानसिक स्वास्थ्य समस्यालाई विशेष गरी तीन चरणमा विभाजन गरिन्छ । यसको पहिलो, दोस्रो र तेस्रो चरण हुन्छ । तर, यी सबै चरणका मानसिक रोगीहरू परामर्श तथा औषधि सेवनबाट निको भने हुन्छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विगत पाँच वर्षदेखि मानसिक स्वास्थ्यको क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ। राष्ट्रिय मानसिक स्वास्थ्य रणनीति तथा कार्ययोजना, २०७७ अन्तर्गत मानसिक क्षेत्रमा काम भइरहेको एनसिडी तथा मानसिक स्वास्थ्य शाखा प्रमुख डा फणेन्द्र बरालले बताए।  उनका अनुसार मानसिक स्वास्थ्यमा बढ्दो सचेतना तुलनात्मकरूपमा बढे पनि यसको उपचारमा पहुँच बढाउन चुनौती छ।

‘सरकारी स्वास्थ्य संस्थामा मनोचिकित्सकहरू कम हुनुहुन्छ। त्यसमा पनि उहाँहरू सहरकेन्द्रित हुनुहुन्छ’, शाखा प्रमुख डा बरालले भने, ‘दूरदराजका २२ जिल्लामा महिनामा एकपटक मनोचिकित्सकले मानसिक स्वास्थ्य परीक्षण गर्दै आउनुभएको छ।’ सरकारले मानसिक स्वास्थ्य परामर्श र औषधि निःशुल्क वितरण गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्