समाचार

यी हुन् इजरायलको बंकरबाट उद्धार गरिएका ३२ नेपाली विद्यार्थी

२२ आश्विन २०८०, सोमबार १५:२०
यी हुन् इजरायलको बंकरबाट उद्धार गरिएका ३२ नेपाली विद्यार्थी

२२ असोज, काठमाडौं।इजरायलको दक्षिणी क्षेत्र सेदोत नेगेभबाट ३२ जना नेपाली विद्यार्थीको उद्धार गरिएको छ । उनीहरुलाई इजरायली सेनाले स्कर्टिङ गरेर सुरक्षित स्थानतर्फ लगेको सो समुहमा रहेका विद्यार्थी लुइस रिजालले जानकारी दिएका हुन् ।

उनीहरु सुदूरपश्चिम विश्वविद्यालयबाट लर्न एण्ड अर्न कार्यक्रममा गएका हुन् । उनीहरुकै समूहका १० को आक्रमणमा मृत्यु भएको थियो । यो टोलीमा ४९ जना थिए । ‘बंकरबाट निकालेर हामी सबैलाई सुरक्षित स्थानतर्फ लगेको छ’ रिजालले भने, ‘अलग अलग क्याम्पबाट उद्धार गरिएको हो।’ अब सुरक्षित स्थानतर्फ लागेकाले ढुक्क हुने अवस्था रहेको उनले बताएका छन् ।

इजरायलस्थित नेपाली दुताबासको पहलमा इजरायली सेनाले उनीहरुको उद्धार गरेको हो । दुताबासले उनीहरुलाई तेलअभिभमा ल्याउने बताएको छ ।

यी हुन् इजरायलको बंकरबाट उद्धार गरिएका ३२ नेपाली विद्यार्थी:

१. रमेशबहादुर कार्की – बेनी अमार कृषि फर्म – बडिमालिका ७, बाजुरा
२. बिनोद प्रसाद शाह – बेनी अमार कृषि फर्म – गढिमाई ४, रौतहट
३. आभास भट्टराई – बेनी अमार कृषि फर्म – टीकापुर १, कैलाली
४.नरेश सिंह भण्डारी – बेनी अमार कृषि फर्म – कृष्णपुर २, कञ्चनपुर
५. लोकेन्द्र बिष्ट – बेनी अमार कृषि फर्म – मष्टामाण्डु ८, डडेल्धुरा
६. रोहित नायक – बेनी अमार कृषि फर्म – टीकापुर ६, कैलाली
७. निरञ्जन कुमार कुसहवा – बेनी अमार कृषि फर्म – पिपरीया ४, रौतहट
८. अरबिन कुमार चौधरी – बेनी अमार कृषि फर्म – दोधारा ९, कैलाली
९.उपेन्द्र जिसी – बेनी अमार कृषि फर्म – टीकापुर ९, कैलाली
१०. ओमप्रकाश उपाध्याय – डेभिडियन कृषि फर्म – धनगढी २, कैलाली
११. गणेश साउद – डेभिडियन कृषि फर्म – लम्कीचुहा १, कैलाली
१२. बादल सुवेदी – डेभिडियन कृषि फर्म – घोराही ४, दाङ
१३. प्रविण जिसी – डेभिडियन कृषि फर्म – सिम्ता २, सुर्खेत
१४. गणेशप्रसाद जोशी – डेभिडियन कृषि फर्म – मेलौली ५, बैतडी
१५. नबिन घिमिरे – डेभिडियन कृषि फर्म – बंगलाचुली ३, दाङ
१६. श्रेया तिवारी – डेभिडियन कृषि फर्म – रत्ननगर ४, चितवन
१७.बिपना जोशी – डेभिडियन कृषि फर्म – लम्किचुहा ७, कैलाली
१८. नारायण भुसाल – डेभिडियन कृषि फर्म – पयुं ५, पर्वत
१९. मनिषा खनाल – डेभिडियन कृषि फर्म – रेसुंगा २, गुल्मी
२०. लुईस रिजाल – डेभिडियन कृषि फर्म – गेरुवा ६, बर्दिया
२१. प्रमोद भट्ट – कादोस कृषि फर्म – मेलौली ९, बैतडी
२२. अनुप अधिकारी – कादोस कृषि फर्म – कमलामाई २, सिन्धुली
२३. समपर्ण आचार्य – कादोस कृषि फर्म – तुल्सिपुर १२, दाङ
२४. निश्चल पाण्डे – कादोस कृषि फर्म –टीकापुर १, कैलाली
२५. बिभुसा अधिकारी – रचमिम कृषि फर्म – भरतपुर १५, चितवन
२६. सुस्मा रेग्मी – रचमिम कृषि फर्म – बान्निगढी जैगढ २, अछान
२७.रचना चौधरी – रचमिम कृषि फर्म –टीकापुर १, कैलाली
२८. आशा मिश्र – रचमिम कृषि फर्म –लम्किचुहा ९, कैलाली
२९.कल्पना जोशी – शोह्रसिम कृषि फर्म – गोदावरी २, कैलाली
३०.शिला कुमारी यादव – शोह्रसिम कृषि फर्म – बढियाताल ३, बर्दिया
३१. साधना बोहरा – शोह्रसिम कृषि फर्म – त्रिवेणी ५, सल्यान
३२.बिपिन सुवेदी – त्रिपुर ५, दाङ

प्रतिक्रिया दिनुहोस्