२२ असोज, काठमाडौँ । सडक मर्मत गर्दा पाल्पामा पहिरोमा एक्स्काभेटर पुरिँदा चालकको मृत्यु भएको छ ।
पाल्पा रामपुर नगरपालिका १० टोक्सेमा सडक खण्ड मर्मतका कार्यक्रममा बा २ क १९५७ नम्बरको डोजर सुक्खा पहिरो झरी पुरिदा चालकको मृत्यु भएको हो ।
घटनामा घाइते भएका चालक खड्को मिसन अस्पताल पाल्पामा उपचारको क्रममा सोमबार विहान मृत्यु भएको पाल्पाका प्रहरी नायव उपरीक्षक प्रवक्ता सुगन्ध श्रेष्ठले बताए । उनले घटनाबारे थप अनुसन्धान जारी रहेको उनको भनाइ छ ।
चालक खड्काको कम्मरदेखि तलको भाग च्यापिएको अवस्थामा प्रहरी र स्थानीयले उद्धार गरी तानसेनस्थित मिसन अस्पतालमा उपचारका लागि पठाएका थिए । चालक खड्काको उपचारका क्रममा सोमबार बिहान मृत्यु भएको हो । घटनाको सम्बन्धमा इलाका प्रहरी कार्यालय रामपुर र हुंगी प्रहरी चौकीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।