समाचार

कांग्रेस सहमहामन्त्री अपडेट: कसको कति ?

१ पुष २०७८, बिहीबार १५:०२
कांग्रेस सहमहामन्त्री अपडेट: कसको कति ?

१ पुस, काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा सहमहामन्त्री पदका लागि भएको निर्वाचनको मतगणना जारी छ।

कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत महिला, दलित, आदिवासी जनजाति क्लस्टर अन्तर्गत पार्टी कार्यालय सानेपामा मत गणना भइरहेको छ।

आदिवासी जनजातितर्फ शेरबहादुर देउवा समूहका भीष्मराज आङदेम्बे मतान्तर बढाउँदै गएका छन् । दुई हजार १०० मत गणना हुँदा उनले १२१० मत ल्याएका छन् । उनका प्रतिद्वन्द्वी शेखर कोइराला विकाश लामाले ८५८ मत ल्याएका छन् ।

१५०४ मत गणना हुँदा महालक्ष्मी उपाध्याय ‘डिना’ले  ८०३ मत ल्याएकी छन् भने कमला पन्तले ६८३ मत पाएकी छन् । उपाध्याय शेरबहादुर देउवा प्यानलकी उम्मेदवार हुने भने पन्त शेखर कोइराला प्यानलबाट चुनाव लडेकी थिइन् ।

त्यस्तै, दलित सहमहामन्त्रीतर्फको १७८० मत गणना हुँदागर्दा मानबहादुर विश्वकर्माले ८३९ मत ल्याएका छन् भने  जीवन परियारको ८३१ र गंगा सुनारको ७० मत आएको छ।

सहमहामन्त्रीको आठ पद (महिला, दलित, आदिवासी/जनजाती, खसआर्य, मधेसी, मुस्लिम, थारु र पिछडिएको क्षेत्र)का लागि १९ जना प्रतिस्पर्धामा छन्।

प्रतिक्रिया दिनुहोस्