२१ असोज, काठमाडौं। नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको सुदूरपश्चिम प्रदेश अधिवेशनले नेतृत्व चयनमा नयाँ सन्देश दिनसक्नुपर्ने बताएका छन् ।
नेकपा एमालेको आज धनगढीमा शुरु भएको पहिलो प्रदेश अधिवेशनको उद्घाटन गर्दै उनले प्रदेशमा सर्वसम्मत नेतृत्व चयन गर्न पार्टीका प्रतिनिधिलाई निर्देशन दिए।
पार्टीकाविरुद्ध चौतर्फी हमला भइरहेकाले त्यसलाई पराजित गर्न दृढताका साथ नेता तथा कार्यकर्ताले काम गर्नुपर्नेमा जोड दिँदै उनले सभ्य, सालिन र शान्तिपूर्ण समाज निर्माणका लागि योगदान गर्न आह्वान गरे ।