२१ असोज, काठमाडौं। इजरायलमा हमासले गरेको आक्रमण परी १० जना नेपालीको मृत्यु भएको छ भने एक जना अझै सम्पर्कविहीन छन्। इजरायलस्थित नेपाली दूतावासले इजरायलमा १० नेपालीको मृत्यु भएको पुष्टि गरे पनि परराष्ट्र मन्त्रालयले भने यसबारे कुनै जानकारी दिएको छैन।
इस्लामिक अतिवादी समूह हमासले शनिबार एकै पटक फरक-फरक स्थानमा योजनाबद्ध आक्रमण गर्दा २ हजारभन्दा बढी घाइते भएको इजरायल सरकारको फेसबुक पेजमा लेखिएको छ । त्यसैगरी १ सयभन्दा बढीलाई बन्धक बनाएको जनाइएको छ ।
आक्रमणको प्रतिशोधमा इजरायलले प्यालेस्टिनी भूभाग गाजामा गरेको आक्रमण गर्दा २० जना बालबालिकासहित ३ सय ७० जना मृत्यु भएको प्यालेस्टायनी स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यसैगरी २२ सय जनाको घाइते भएको बताइएको छ ।