२० असोज, काठमाडौं । पलाता गाउँपालिकाले कालिकोटको थिर्पूस्थित पलाता अस्पतामा आँखा शिविर सञ्चालन गरेको छ।
साथै एक जनताको आँखाको सल्यक्रिया अपरेसनसमेत सफल भएको पलाता गाउँपालिकाका अध्यक्ष बिष्णु बहादुर रोकायाले बताएका छन् । पालिकामा आँखाको समस्या धेरै आएकाले पालिकाले आयोजना गरेर गाउँ- गाउँ गएर आँखाका बिरामी खोंजे र आँखाको उपचार गरेको गाउँपालिकाका अध्यक्ष रोकायाले बताए ।
“आँखा परीक्षण शिविरमा आएका करिब २२ प्रतिशतमा मोतियाविन्दु देखा परेको छ । बढ्दो उमेर, आँखा स्वास्थ्यको बारेमा कम ज्ञान हुनु, उपचारको लागि आर्थिक अभाव, धुलो र धुवाँसँगै बिताउने जीवनशैली, बिरामीको अस्पतालसम्मको पहुँचमा कमी, वृद्धवृद्धाले उमेरसँगै स्वास्थ्यको ख्याल गर्न नसक्नु प्रमुख कारण रहेको जिल्ला आँखा उपचार केन्द्र कालिकोटका नेत्र सहायक मंगल कुमार खड्काले बताए ।
आँखा शिविर असोज १२ गतबाट संचालन गरिएको थियो । हालसम्म धौलागोह एक सय ९३ जनाले सेवाग्राहीले बहिरंग सेवा लिएका मध्य ३३ जना मोतिबिन्दु देखिएको छ।
असोज १२ र १३ गते पहिलो र दोस्रो दिन खिनको नेटा मोतिबिन्दु छनोट भएको थियो । तेस्रो र चौथो दिन अर्थात असोज १४ र १५ गते राडुनेटा र पाँचौं र छैटौं दिन अर्थात असोज १६ र १७ गते थिर्पू पलाता अस्पतामा असोज २० र २१ गते आँखा शिविर सुरु भइरहेको छ ।
आँखाका बिरामीलाई अन्यत्र उपचारका लागि जान नपरोस् भन्ने उद्देश्यका साथ पालिकामै निःशुल्क आँखा शिविर सन्चालन गरेको पलाता गाउँपालिकाका अध्यक्ष इन्द्र रोकायाले बताएका छन् ।
पालिकामा आँखा शिविर आउँदा आम जनता निकै हर्षिद भएका छन् । आर्थिकस्तरले आफु सुर्खेत, नेपालगञ्ज र काठमाडौंसम्म आँखाको उपचार गर्न सक्ने अवस्था पालिकाले आफ्नै घर आगनमा आँखा शिविर ल्याउदा नयाँ जीवन पाएको स्थानीयले बताएका छन् ।
आँखा शिविरमा शन्नी त्रिवेणी गाउँपालिका, पचाल झरना गाउँपालिका, नरहरिनाथ गाउँपालिका, रास्कोट नगरगाउँपालिका र बाजुरा देखि सेवाग्राही आँखाको उपचार गर्न समेत आएका छन् ।
पलाता गाउँपालिकाको आयोजना र नेपाल नेत्र ज्योति संघ, जिल्ला शाखा कालिकोटको समन्वयतथा सहकार्य र हिमाली आँखा अस्पताल घारीपाट पोखरा र जिल्ला आँखा उपचार केन्द्र कालिकोटको प्राविधिक सहयोगमा असोज १२ गते देखि आँखा शिविर संचालन भएको गाउँपालिका अध्यक्ष रोकायले बताएका छन् ।