समाचार

वृज सिमेन्टद्वारा मिस वर्ल्ड २०२३ ‘ब्यूटी विथ ए पर्पोज’ परियोजनाका लागि सहयोग प्रदान

२० आश्विन २०८०, शनिबार ०१:१४
वृज सिमेन्टद्वारा मिस वर्ल्ड २०२३ ‘ब्यूटी विथ ए पर्पोज’ परियोजनाका लागि सहयोग प्रदान

२० असोज, काठमाडौं । वृज सिमेन्ट इन्डस्ट्रिज प्रालिले यो वर्ष पनि मिस नेपाल प्रतियोगितालाई प्रायोजन गर्ने भएको छ।

विगत ७ वर्षदेखि प्रायोजकका रूपमा मिस नेपाल प्रतियोगितासँग गौरवशाली साझेदारी गर्दै आइरहेको वृज सिमेन्ट इन्डस्ट्रिज प्रा. लि. यो वर्ष पनि यस सम्बन्धलाई निरन्तरता दिने भएको हो ।

यही डिसेम्बरमा भारतमा हुन गइरहेको मिस वर्ल्डड २०२३ प्रतियोगितामा मिस नेपाल २०२२ प्रियंकारानी जोशीद्वारा प्रस्तुत गरिने ‘ब्युटी विथ ए पर्पोज’ परियोजनामा पुनः  वृज सिमेन्टको सहभागिता रहनेछ।

‘ब्यूटी विथ ए पर्पोज’लाई मिस वर्ल्डमा जितिने सबैभन्दा प्रतिष्ठित उपाधि मानिन्छ । यो उपाधि नेपालले सन् २०१३, २०१८ र २०१९ मा जितिसकेको पनि छ । यस वर्ष प्रियंकारानी जोशी आफ्नो ‘ब्यूटी विथ ए पर्पोज’ योजनाका लागि चितवन जिल्ला इच्छाकामना गाउँपालिका वडा नं. ७ स्थित उपरदाङगढीका चेपाङ महिलाहरूको आर्थिक उत्थानमा केन्द्रित रहेकी छन् ।

प्रतिक्रिया दिनुहोस्