समाचार

भारतसँग पराजित भएपछि कबड्डीमा नेपाललाई कास्य पदक

१९ आश्विन २०८०, शुक्रबार ०२:३२
भारतसँग पराजित भएपछि कबड्डीमा नेपाललाई कास्य पदक

१९  असोज, काठमाडौं। चीनमा जारी १९ औं एसियाली खेलकुद अन्तर्गत महिला कबड्डीको सेमिफाइनलमा नेपाल शुक्रबार भारतसँग ६१-१७ ले पराजित भएको छ ।

सेमिफाइनलमा पराजित भएपछि नेपालले कास्य पदक पक्का गरेको छ । कबड्डीमा सेमिफाइनलमा पराजित हुने दुवै टिमले कास्य पदक पाउने प्रावधान छ ।

यसअघि समूह चरणको पहिलो खेलमै बंगलादेशलाई हराएको नेपाल इरानसँग हारेपछि समूह ‘बी’ को उपविजेता बन्दै सेमिफाइनल पुगेको थियो ।

नेपालमाथि भारतले ६१-१७ अंकको जित निकाल्यो। यसअघि तीन टिम सम्मिलित समूह ‘बी’ मा नेपालले आफ्नो पहिलो खेलमा बंगालदेशलाई हराएको  थियो। आफ्नो दोस्रो खेलमा भने नेपाल इरानसँग पराजित भएको थियो।

समूह उपविजेता बनेसँगै नेपालको कास्य पदक पक्का भएको थियो। एसियाली खेलकुदको कबड्डीमा सेमिफाइनल पुग्ने दुई टिमलाई कास्य पदक दिने प्रावधान छ।

प्रतिक्रिया दिनुहोस्