अर्थ / वाणिज्य

देउराली बचत सहकारीका अध्यक्ष पक्राउ

१८ आश्विन २०८०, बिहीबार ०९:४५
देउराली बचत सहकारीका अध्यक्ष पक्राउ

१८ असोज,काभ्रे। काभ्रेको देउराली बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष रविन्‍द्र चौलागाई पक्राउ परेका छन्।

उनले निक्षेपकर्तालाई आकर्षक ब्याजदर दिन्छु भनी प्रलोभन देखाई निक्षेप लिने तर बचतकर्ताले आफूले जम्मा गरेको रकम फिर्ता माग्दा नदिएर लुक्ने गरेका नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले जनाएको छ ।

संचालक समितिका  सदस्यहरुले निक्षेपकर्ताहरुलाई आर्कषक ब्याजदर दिने भन्दै प्रलोभन देखाएर रकम सहकारी मुद्दती, निक्षेप, आवधिक बचत, शेयर तथा विभिन्न बचत खातामा जम्मा लगाएका थिए ।

 मासिक,त्रैमासिक र वार्षिक रुपमा ब्याज पाउने तथा निर्धारित अवधि नाघेपछि निक्षेपको सम्पूर्ण साँवा, ब्याज फिर्ता पाउने विश्वासका बचतकर्ताहरुले रकम जम्मा गरेपनि सहकारीले फिर्ता नगरेपछि पीडित प्रहरीमा उजुरी गरेका थिए ।

तर बचतकर्ताहरूले रकमको साँवा, ब्याज फिर्ता पाएनन्। पटकपटक ताकेता गर्दा पनि फिर्ता नदिएपछि उनीहरूले आफ्नो रकम जोखिममा रहेको भनेर संस्‍थाका कर्मचारी तथा पदाधिकारीहरूलाई समेत ध्यानाकर्षण गरेका थिए।

रवीन्द्र चौलागाईं लगायतले बचतकर्ताको अहिलेसम्मको प्राप्त जाहेरीअनुसार चार करोड ४९ लाख ९९ सय हजार रुपैयाँ बचत रकम अपचलन तथा हिनामिना गरेकाे प्रहरीले जनाएको छ । देउराली सहकारीबाट कोही ठगिएको भए उजुरी गर्न पनि सीआईबीले आग्रह गरको छ ।

प्रतिक्रिया दिनुहोस्