समाचार

निगमको चार अर्ब ऋण तिरिसक्यौँ, नयाँ जहाज किन्दै छौँ : मन्त्री किराती

१८ आश्विन २०८०, बिहीबार ०९:३३
निगमको चार अर्ब ऋण तिरिसक्यौँ, नयाँ जहाज किन्दै छौँ : मन्त्री किराती

१८ असोज,काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपाल वायुसेवा निगम ४८ अर्ब ऋणमा रहेपनि आफू मन्त्री बनेर आइसकेपछि ४ अर्ब ऋण तिरिसकेको बताएका छन् ।

बिहीबार सिंहदरबारमा बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा सांसदले सोधका प्रश्नहरुको जवाफ दिँदै मन्त्री किरातीले नेपाल वायुसेवा निगम ४८ अर्ब ऋणमा रहे पनि आफू मन्त्री बनेर आएपछि चार अर्ब ऋण तिरिसकेको बताए ।

उनले अहिले निगमसँग १ अर्ब ६५ करोड रकम रहेको र त्यसले साना जहाज खरिद प्रक्रियामा लागेको बताए ।  ‘वायुसेवा निगमको इतिहास लामो छ । हामीसँग धमिजा, लाउडादेखि लिएर ठूला ठूला काण्डहरु व्यहोर्दै आएको यो आफैँमा ४८ अर्ब ऋण छ । कोभिड कालमा पनि विभिन्न ठाउँबाट रेस्क्यु गर्दा जहाज नै अघि सरेको थियो ।

हामी मन्त्रालयमा आइसकेपछि ४ अर्ब ऋण तिरेका छौँ । पहिलो पटक २ अर्ब ९४ करोड र पछिल्लो समय १ अर्ब र अहिले पनि हामीसँग १ अर्ब ६५ करोड पैसा छ । साना जहाज खरिद प्रक्रियामा हामी अघि बढेका छौँ । इतिहासदेखि अहिलेसम्मको ऋण मुक्त हुनेगरी नाफा हुने कुरा भएन हामीसँग ६ वटा मात्रै जहाज छ, हामी आइसकेपछि सञ्चालन कस्टमा नाफा भएको छ ।’

लामा नेकपा (माओवादी केन्द्र)का सदस्य भएको र गुम्बा विकास समितिको अध्यक्ष भइसकेका साथै एमाले र माओवादी पार्टीबाट पनि पटकपटक मन्त्री र सांसद भइसकेकाले योग्य व्यक्ति भएको उनले बताए ।

“उहाँ कसको प्रभावले भन्दा पनि बिनाकसैको प्रभाव, दबाबबिना खुसीले नियुक्त गरेको हुँ । गिरिजाबाबुको पालामा उहाँ गुम्बा विकास समितिको अध्यक्ष भइसकेको मान्छे, एमालेको पालामा आएर संविधानसभाको सदस्य, पूर्वअर्थराज्यमन्त्री भइसकेको, माओवादीतिर आइसकेपछि पनि पटकपटक सांसद भइसकेको मान्छे,” उनले भने, “उहाँलाई लागेको आरोप राज्यका सबै अंगले प्रमाणित नगरेको र लागेको आरोप पुष्टि नभइसकेपछि मान्छे अभियुक्त हुँदैन । अभियुक्त नभएकाले नेपालको कानुनबमोजिम नियुक्त गरेको हो । हाम्रो पार्टीको केन्द्रीय सदस्य भएकाले पनि नियुक्तिका लागि सजिलो भयो ।”

प्रतिक्रिया दिनुहोस्