समाचार

बझाङका भूकम्प पीडितको पुन:स्थापना र राहतका लागि सिंहदरबारमा छलफल

१८ आश्विन २०८०, बिहीबार ०३:३९
बझाङका भूकम्प पीडितको पुन:स्थापना र राहतका लागि सिंहदरबारमा छलफल

१८ असोज,काठमाडौंबझाङमा गएको भूकम्पबारे छलफल गर्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठक बसिरहेको छ ।

प्रधानमन्त्रीको अध्यक्षतामा बझाङ भूकम्प र पीडित नागरिकको उद्धार, राहत र व्यवस्थापनको लागि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बार्हौ बैठक सिंहदरबारमा बसेको हो ।

बैठकले राहत, पुनःस्थापनालगायत विषयमासमेत निर्णय गर्नेछ । प्रधानमन्त्री दाहालले बझाङका जनप्रतिनिधि र राजनीतिक दलका नेता बोलाएर भूकम्पबाट भएको क्षतिका बारेमा जानकारीसमेत लिइसकेका छन्।

यसअघि बुधबार दिउँसो प्रधानमन्त्रीले बझाङ जिल्लाका जनप्रतिनिधि र राजनीतिक दलका नेताहरू बोलाएर भूकम्पको क्षति र त्यसपछिको वस्तुस्थितिबारे जानकारी लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्