१८ असोज,काठमाडौं। काठमाडौंबाट साउदी अरेबियाको दमाम उडेको नेपाल एअरलाइन्सको जहाज बीच बाटोबाटै काठमाडौं फर्किएको छ ।
बुधबार राति १२ बजेर १४ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दमाम उडेको नेपाल वायुसेवा निगमको आरए ४१२ जहाज बिहान ४ बजेर ५१ मिनेटमा पुनः काठमाडौं अवतरण गरेको विमानस्थलका प्रवक्ता सुवास झाले जानकारी दिए।
टिकास भनेको जहाज आसपास केही खतरा भए त्यसको संकेत दिने प्रविधि हो । टिकासले काम नगरेपछि लामो दूरीमा जहाज उडाउँदा दुर्घटनाको उच्च जोखिम हुने भएकाले विमान फर्किएको झाको भनाइ छ ।
“प्राविधिकको टोलीले मर्मत गरेपछि मात्रै यो विमान पुनः उडान भर्न योग्य हुनेछ,” उनले भने ।