समाचार

कांग्रेस महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा विजयी

१ पुष २०७८, बिहीबार १०:०९
कांग्रेस महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा विजयी

१ पुस, काठमाडौं । नेपाली कांग्रेस १३ औं राष्ट्रिय महाधिवेशनबाट महामन्त्री पदमा गगनकुमार थापा र विश्वप्रकाश शर्मा विजयी भएका छन् ।

गगन, शेखर कोइराला र विश्वप्रकाश, प्रकाशमान सिंहको प्यानलबाट उम्मेदवार बनेका थिए । ४६८२ मत खसेकोमा थापाले ३०२३ मत ल्याउादा विश्वप्रकाशले १९८४ मत पाएका छन् ।

महामन्त्रीका अन्य उम्मेदवारहरू प्रकाशशरण महतले १५५६, प्रदीप पौडेलले १३९३, डा. मीनेन्द्र रिजालले ८०९ र राजाराम कार्कीले १०६ मत प्राप्त गरे ।

प्रतिक्रिया दिनुहोस्