२२ भदौ,काठमाडौं। जनताले राम्रो र गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्ने हेतुले स्वास्थ्य क्षेत्रमा नयाँ आयाम दिन कागेश्वरी मनोहरा नगरपालिका मेयर उपेन्द्र कार्कीले मुलपानी नगर अस्पताललाई निर्देशन दिएका छन।
नगरवासिहरुलाई विशेषज्ञ सेवा लिनका लागि वाहीर जानुपर्ने वाध्यता पुर्णरुपमा हट्ने भन्दै नगर अस्पताललाई काठमाडौंकै नमुना र अन्य पालिकाबाट पनि उपचारका लागि मुलपानी नगर अस्पतालमा आउने वातावरण बनाउनुपर्ने नगर प्रमुख कार्कीलेको भनाई छ ।
मुलपानी नगर अस्पताल निरिक्षण तथा अनुगमनको क्रममा संचालनमा आएको नँया आकस्मिक सेवा , नव निर्मित ल्याब लगायत को सेवा बिस्तार सम्बन्धी जानकारी लिनुको साथै सेवालाई थप प्रभावकारी बनाउन मेयर कार्कीले निर्देशन दिएका हुन् ।
यस अस्पतालमा भएका औषधी ब्यवस्थापन लगायत थुप्रै समस्याको समाधान गर्दै अगाडि बढिरहेको र सुधार्नु पर्ने पक्षलाई पनी मध्यनजर गरी नगर अस्पताललाई थप प्रभावकारी बनाउन आवश्यक कुराहरु गर्ने सम्पुर्ण नगरवासिहरुमा प्रत्तिबद्धता व्यक्त गरेका छन्।