१७ असोज, हेटौंडा । बिबादका बिचमा दुई दिनदेखि स्थगित भएको बागमती प्रदेश सभा बैठक आज बस्दैछ ।
प्रदेश संसद भवन, हेटाैडामा उक्त बैठक बस्नेछ । बैठक दिउँसाे ४ बजे बाेलाइएकाे छ । प्रतिपक्षी नेकपा एमालेले बिरोध जनाएपछि साेमवार देखि बैठक सुचारू हुन सकेकाे छ ।
साेमबारकाे बैठकमा एमालेले अबराेध गरेपछि सभामुख भुवन पाठकले १५ मिनेटका लागि स्थगित गरेका थिए । पछि बस्ने भनिए पनि पुनः बस्न नसके पछि मंगलबार दिउँसो २ बजेका लागि बैठक बोलाइएको थियाे । तर, मंगलबार पनि बैठक भने बस्दै नबसी स्थगित गरिए पछि बुधवार ४ बजेका लागिसम्म स्थगित गरिएकाे थियाे।
प्रदेश सरकारले ल्याएको प्रदेश स्तरको चिठ्ठा व्यवस्थापन तथा नियन्त्रण गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पेश गर्ने क्रममा प्रमुख प्रतिपक्ष दल एमालेले साेमबारकाे बैठकमा अबरोध गरेको थियाे । त्यसपछि बागमती प्रदेशसभा सचिवालयले सूचना टाँस गरेर मंगलबार २ बजेसम्मका लागि संसद स्थगित गरिएको जनाएको थियाे तर सहमति हुन नसक्दा मगलबार पनि बैठक सुचारू नै नभइ स्थगित गरिएकाे हाे ।