प्रदेश

कोशी प्रदेश : प्रदेशसभाको चौथो अधिवेशन आजदेखि

१७ आश्विन २०८०, बुधबार ०२:२३
कोशी प्रदेश : प्रदेशसभाको चौथो अधिवेशन आजदेखि

१७ असोज, विराटनगर। अहिलेसम्म सरकार बनाउने र ढाल्ने प्रयत्नमै सीमित भएको कोशी प्रदेशसभाको चौथो अधिवेशन आजदेखि सुरु हुँदै छ।

मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत लिने प्रयोजनका लागि आह्वान गरिएको प्रदेश सभाको अधिवेशन दिउँसो १ बजे सुरु हुनेछ । प्रदेश मन्त्रिपरिषद्को यही असोज ११ गते बसेको बैठकले प्रदेश प्रमुख परशुराम खापुङलाई प्रदेशसभा अधिवेशनका लागि सिफारिस गरेको थियो ।

२०७९ पुस १७ मा कोशी प्रदेश सभाको दोस्रो कार्यकालको पहिलो बैठक बसेको थियो । प्रदेशसभाको हालसम्म तीन वटा अधिवेशन सकिएको छ। यो अधिवेशनमा असोज २० भित्र मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता छ । भदौ २२ मा कार्की मुख्यमन्त्री नियुक्त भएका थिए ।

प्रतिक्रिया दिनुहोस्