समाचार

बझाङमा लगातार पाँचपटक भूकम्पको धक्का महशुस

१७ आश्विन २०८०, बुधबार ०२:१७
बझाङमा लगातार पाँचपटक भूकम्पको धक्का महशुस

१७ असोज, काठमाडौं। बझाङमा लगातार  ४ पटक ठूलो क्षमताको भूकम्प गएको छ । आज दिउँसो २६ मिनेटको अन्तरमा दुई ठूला भूकम्पका धक्का महसुस गरिएका हुन् ।

केन्द्रका अनुसार गएराति १२ : १६ बजेमा ४.१ रेक्टर स्केलको,  १२ : ५० मा ४.३ रेक्टर स्केलको, बिहान ४:२७ बजे ४.३ रेक्टर स्केलको र ५ :४३ मा बजे ४.३ रेक्टर स्केलको भूकम्प गएको हो।

यसैगरी मंगलबार दिउँसो पनि बझाङ केन्द्रविन्दु बनाएर ५.३, ६.३,५.१,४.१, ४.१, ४.३,५,५ रेक्टर स्केलका ८ पटक गएको केन्द्रले जनाएको छ। ४ भन्दा मुनिका पनि भूकम्प गएको भएपनि रेकर्डमा राखिएको छैन। भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार  १२ वटा पराकम्पन गएका थिए।

नेपालको सुदूरपश्चिम क्षेत्रमा जुनसुकै बेला पनि ठूलो भूकम्प जान सक्ने विज्ञले चेतावनी दिँदै आएका छन् । केही महिनायता त्यस क्षेत्रमा साना ठूला भूकम्प जाने क्रम तिब्र भएको छ ।

प्रतिक्रिया दिनुहोस्