समाचार

गच्छदार गुरुङसंग दुई मतान्तरले पराजित, पुनः मतगणना गराउने

१ पुष २०७८, बिहीबार ०३:०८
गच्छदार गुरुङसंग दुई मतान्तरले पराजित, पुनः मतगणना गराउने

१ पुस, काठमाडौं । नेपाली कांग्रेसको उपसभापति पदमा पूर्णबहादुर खड्का र धनराज गुरुङ विजयी भएका छन् ।

देउवा प्यानलका उम्मेदवारग च्छदारलाई दुई मतले पछिपार्दै कोइराला प्यानलका धनराज गुरुङ ले दुई मतान्तरले जीत हाँसिल गरेपछि गच्छादार पुनः मतगणना गराउने तयारीमा छन् ।

निर्वाचन समितिका अनुसार खड्काले २१२१ र गुरुङले १९०८ मत पाए । त्यस्तै गच्छदारले १९०६, चन्द्र भण्डारीले १५८०, सुजाता कोइरालाले ६४४, महेश आचार्यले ५८९ र दिव्यश्वरी शाहले १३२ मत पाए ।

कोइराला पक्षका उम्मेदवार गुरुङ १९०८ मत ल्याएका छन् भने देउवा पक्षका उम्मेदवार गच्छदारले १९०६ मत ल्याएका छन् । गच्छदार गुरुङसंग दुई मतान्तरले पराजित भए छन् ।

पराजित पछि गच्छादरले पुनः मतगणना गराउन सक्ने भन्दै औपचारिक मत परिणामसमेत घोषणा भएको छैन् । निर्वाचन समितिले गुरुङले उपसभापति पदमा विजयी हासिल गरेको औपचारिक घोषणा गर्न बाँकि रहेको छ ।

प्रतिक्रिया दिनुहोस्