समाचार

कांग्रेस महामन्त्री पदको मतगणना हुँदै

१ पुष २०७८, बिहीबार ०२:४९
कांग्रेस महामन्त्री पदको मतगणना हुँदै

१ पुस, काठमाडौं। नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत केहिबेरमा महामन्त्री पदको मतगणना सुरु हुँदैछ।

अहिले बिहान ८ बजेदेखि मतगणना सुरु गर्ने निर्वाचन समितिको कार्यतालिका रहेपनि ढिलोगरि मतगणनाको तयारी भईरहेको छ । महामन्त्रीमा दुई सिटका लागि ६ जनाबीच प्रतिस्पर्धा रहेको छ।

निर्वाचनको मतगणना आज बिहान ९ बजेदेखि पार्टी कार्यालय सानेपामा हुन लागेको कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

सभापति शेरबहादुर देउवा प्यानलबाट महामन्त्रीमा प्रकाशशरण महत र प्रदीप पौडेल, शेखर कोइराला प्यानलबाट डा. मिनेन्द्र रिजाल र गगन थापा तथा प्रकाशमान सिंह प्यानलबाट विश्वप्रकाश शर्मा र विमलेन्द्र निधि प्यानलबाट राजाराम कार्की महामन्त्रीका उम्मेदवार छन् । निर्वाचनबाट दुई जना महामन्त्री चुनिने छन् ।

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिका पदाधिकारीमध्ये एक सभापति, दुई उपसभापति, दुई महामन्त्री र आठ सहमहामन्त्रीको निर्वाचन हुने विधानमा व्यवस्था छ । कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्यमध्येबाट निर्वाचित हुने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्