१६ असोज, काठमाडौ । नेकपा एमालेको कोशी प्रदेश अध्यक्षमा घनश्याम खतिवडा र कर्णाली प्रदेश अध्यक्षमा गुलावजंग शाह विजयी भएका छन् ।
प्रतिस्पर्धी विनोद ढकाललाई ७३ भोटले हराउँदै खतिवडा अध्यक्षमा निर्वाचित भएका हुन् । खतिवडाले ५१२ मत ल्याउँदा ढकाल ४३९ मत ल्याएका छन् ।
एमाले कोसी अधिवेशनमा कूल ९९७ प्रतिनिधिमध्ये ९७७ मत खसेको थियो। प्रदेश सचिवमा राजकुमार भण्डारी र उपसचिवमा जल वर्षा राजवंशी साथै देवान राई विजयी भए ।
त्यस्तै नेकपा (एमाले) कर्णाली प्रदेश कमिटीमा गुलावजंग शाह विजयी भएका छन् । शाहले तीन सय ६९ मत ल्याएर विजयी भएका छन् । उनको प्रतिस्पर्धीका रूपमा रहेका मीनबहादुर शाहीले दुई सय सात मत प्राप्त गरेका छन् । अध्यक्षका अर्का प्रत्याशी प्रकाश रोकायले भने मात्र चार मत मात्रै प्राप्त गरेका छन् ।
त्यस्तै, प्रदेश कमिटी सचिवमा चार सय छ मत प्राप्त गरी ध्रुवकुमार शाही विजय भएका छन्। उनका प्रतिस्पर्धी रुद्रबहादुर शाहीले एक सय ६९ मत प्राप्त गरेका छन् । उपसचिवमा रवीन्द्रराज शर्माले तीन सय मत प्राप्त गरी विजयी भएका हुन भने उनका प्रत्याशी रमेश शाहीले दुई सय ६६ मत प्राप्त गरेका छन् ।