१६ असोज, काठमाडौ । चीनमा जारी १९औँ एसियाड अन्तर्गत पहिलो क्वाटरफाइनल खेलमा मंगलबार भारतसँग टस हारेर नेपाल फिल्डिङमा उत्रिएको छ ।
झेजियाङ युनिभर्सिटी अफ टेक्नोलोजी पिङफियाङ क्रिकेट फिल्डमा अहिले भइरहेको खेलमा नेपालले तेस्रो विकेट लिन सफल भएको छ । नेपालका बलर सन्दीप लामिछानेले भारतका जितेश शर्माको विकेट लिएका हुन् ।
त्यस्तै नेपालले पहिलो विकेटको रुपमा भारतका कप्तान रुतुराज गायकवाडलाई आउट गरेको थियो । उनलाई दीपेन्द्रसिंह ऐरीले २५ रनमा आउट गरेका हुन्। सोमपाल कामीले नेपाललाई दोस्रो सफलता दिलाएका थिए । उनले भारतका तिलक बर्माको विकेट लिएका हुन् ।
अहिले भारतले १४ ओभर र तीन विकेटको क्षतिमा १३३ रन बनाएको छ ।
अहिले भारतले १४ ओभर र तीन विकेटको क्षतिमा १३३ रन बनाएको छ । टेस्ट मान्यता प्राप्त भारत सिधैं क्वाटरफाइनल खेलेको हो । नेपालले समूह ‘ए’ मा मंगोलियालाई विश्वकीर्तिमानी रुपमा २ सय ७३ रनले हराएको थियो । दोस्रो खेलमा नेपालले माल्दिभ्सलाई १ सय ३८ रनले हराउँदै अन्तिम आठको स्थान पक्का गरेको हो ।