समाचार

बालबालिका बेचबिखनविरुद्ध खाँडाचक्र नगरपालिका वडा नम्बर ४ मा सडक नाटक गरिने

९ आश्विन २०८०, मंगलवार १२:१६
बालबालिका बेचबिखनविरुद्ध खाँडाचक्र नगरपालिका वडा नम्बर ४ मा सडक नाटक गरिने

९ असोज,कालिकोट।  कालिकोटको खाँडाचक्र नगरपालिका वडा नम्बर ४ मा बालबालिका ओसारपसार तथा बेचबिखन रोकथामका लागि सडक नाटक गरिने भएको छ ।

वडा नम्बर ४ कोआयोजनामा सडक नाटक सञ्चालन गरिने छ । मानव बेचबिखन जस्तो जघन्य अपराधबारे चेतना फैलाउन वडा उक्त अभियान सञ्चालन गरिएको वडा अध्यक्ष प्रभानन्द आचार्यले बताएका छन्।

बालबालिकामाथिको अत्याचार, बालश्रम, वैदेशिक श्रम शोषण, चेलीबेटी बेचबिखन तथा ओसारपसार नियन्त्रणका लागि स्थानीयवासीलाई सडक नाटकमार्फत सचेत पारिएको उनको भनाइ छ ।

बाल श्रमिकको सङ्ख्या बढ्दै गएकाले न्यूनीकरणका लागि विद्यालय उमेरका बालबालिकाको शिक्षामा पहुँच पुर्‍याउन वडाभरि सडक नाटक सञ्चालन गरिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्