९ असोज, पोखरा । एसियाली खेलकुद (एसियन गेम्म) मा सहभागिताका लागि क्रिकेटर सन्दीप लामिछाने आज (मंगलबार) चीन जाने भएका छन्।
अदालतमा मुद्दा विचाराधिन रहेकाले सन्दीप नेपाली टोलीसँगै चीन जान पाएका थिएनन् भने सागर अन्तिममा ललित राजवंशी घाइते भएपछि टिममा परेका थिए । कागजपत्र मिलाउँदा सागर पनि सँगै जान पाएका थिएनन् ।
अदालतमा विचाराधिन मुद्दाको पेसी स्थगित भएपछि सन्दीप आज चीन जान लागेको नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्दले बताए । सन्दीपसँग सागर पनि चीन जोने छन् । उनीहरु मध्यान्ह १२ बजेको फ्लाइटमार्फत चीन प्रस्थान गर्ने छन् ।