समाचार

कांग्रेस उपसभापतिमा खड्का र गुरुङ विजयी

१ पुष २०७८, बिहीबार ०१:१५
कांग्रेस उपसभापतिमा खड्का र गुरुङ विजयी

१ पुस, काठमाडौं । नेपाली कांग्रेसको उपसभापति पदमा पूर्णबहादुर खड्का र धनराज गुरुङ विजयी भएका छन् ।

बुधबार राति अबेर प्राप्त मत परिणाम अनुसार सभापति शेरबहादुर देउवा पक्षका उम्मेदवार खड्का र शेखर कोइराला पक्षका उम्मेदवार गुरुङ निर्वाचित भएका निर्वाचन समितिले घोषणा गरेको छ ।

निर्वाचन समितिका अनुसार खड्काले २१२१ र गुरुङले १९०८ मत पाए । त्यस्तै गच्छदारले १९०६, चन्द्र भण्डारीले १५८०, सुजाता कोइरालाले ६४४, महेश आचार्यले ५८९ र दिव्यश्वरी शाहले १३२ मत पाए ।

देउवा पक्षका उम्मेदवार गच्छदारले कोइराला पक्षका उम्मेदवार गुरुङसंग दुई मतान्तरले पराजित भए ।

यसपटक उपसभापतिको दौडमा शेरबहादुर देउवाको प्यानलबाट विजयकुमार गच्छदार र पूर्णबहादुर खड्का, शेखर कोइराला समूहबाट चन्द्र भण्डारी र धनराज गुरुङ, प्रकाशमान सिंह प्यानलबाट सुजाता कोइराला र विमलेन्द्र निधि प्यानलबाट दिव्यश्वरी शाह रहेका थिए । महेश आचार्य भने स्वतन्त्र उठेका थिए । काँग्रेसमा पहिलोपटक उपसभापति निर्वाचित भएका हुन् । यसअघि उपसभापति मनोनीत हुन्थे ।

प्रतिक्रिया दिनुहोस्