खेलकुद

साफ यू-१९ च्याम्पियनसिप : नेपाल सेमिफाइनलमा भारतसँग भिड्ने

९ आश्विन २०८०, मंगलवार ०१:४२
साफ यू-१९ च्याम्पियनसिप : नेपाल सेमिफाइनलमा भारतसँग भिड्ने

९ असोज, काठमाडौँ। साफ यू–१९ च्याम्पियनसिपको सेमिफाइनलमा घरेलु टोली नेपाल र भारत भिड्ने पक्का भएको छ।

 समूह चरणको अन्तिम खेलमा भुटान पराजित भएपछि नेपालले भारतको सामना गर्ने समीकरण बनेको हो । नेपाल समूह ‘ए’ को उपविजेता तथा भारत समूह ‘बी’ को विजेताको रूपमा सेमिफाइनलमा पुगे । नेपाल र भारतबीचको सेमिफाइनल खेल बुधबार बेलुका साढे ५ बजे सुरु हुनेछ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको समूह बी को अन्तिम खेलमा भारतले भुटानमाथि २–१ को जित निकालेपछि नेपाल र भारत भिड्ने पक्का भएको हो।

भारत समूह विजेता र भुटान उपविजेताको रुपमा सेमिफाइनलमा पुगेको हुन्।  यता आजै भएको समुह ए को अन्तिम खेलमा मालदिभ्सलाई ४–१ गोल अन्तरले हराएको नेपाल समुह उपविजेताको रुपमा अन्तिम चारमा पुगेको थियो। नेपालको जितमा समिर तामाङले दुई तथा प्रशान्त लक्सन र  निराजन धामीले समान एक गोल गरेका थिए।

भारतविरुद्धको सेमिफाइनल खेल भने सुजन डंगोलले गुमाउनेछन्। समुह चरणको अन्तिम खेलमा रातो कार्ड पाएका उनी भारतसँगको खेल टोलीबाहिर रहनेछन्।

सेमिफाइनल खेल दशरथ रंगशालामा साँझ पौने ५ बजे हुनेछ। यसपटक गत संस्करण उपविजेता बंगलादेश र माल्दिभ्स भने समूह चरणबाटै बाहिरिएका छन् ।

प्रतिक्रिया दिनुहोस्