८ असोज, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको अधिवेशनले सकेसम्म सर्वसम्मत रुपमा नेतृत्व चयन गर्नुपर्नेमा जोड दिएका छन् ।
पार्टीको प्रथम बागमती प्रदेश अधिवेशनको उद्घाटन गर्दै अध्यक्ष ओलीले एमाले सबैलाई मिलाएर लाने पार्टी भएकाले आपसी लडाइँमा भन्दा सहमतिमा नेतृत्व चयन हुँदा राम्रो हुने बताएका हुन् ।
लोकतन्त्रमा निर्वाचनमात्र हैन, सहमति अझ सुन्दर पक्ष रहेको भन्दै उनले आफू सकेसम्म सहमतिमा नेतृत्व चयन होस् भन्ने पक्षमा रहेको बताए ।
ओलीले भने, ‘७० वर्षको इतिहास भएको पार्टीमा नेतृत्वका लागि सयौं योग्य नेता छन्, यहाँ नेतृत्वको लागि सबैले योग्यता हासिल गरेका छन् । तर, नेतृत्व लिने नाउँमा प्यानलसहित निर्वाचन हुने भयो भने त्यो उम्मेदवारी खारेजसम्म हुनसक्छ ।’