८ असोज, काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेको ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दा हेर्दाहेर्दैमा राखिएको छ। काठमाडौँ जिल्ला अदालतका न्यायाधीश उत्तम सिलुवालको इजलासमा सोमबार सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा राखिएको हो। मंगलबार फेरि सुनुवाइ हुनेछ।
ज्यान मार्ने उद्योगसम्बन्धी उक्त मुद्दा जिल्ला अदालत काठमाडौंका न्यायाधीश उत्तम सिलुवालको इजलासमा सोमबार सुनुवाइ भएको हो ।
तर, सोमबार सुनुवाइ नसकिएपछि सो मुद्दा हेर्दाहेर्दैमा राखिएको हो । अब भोलि पुनः यो मुद्दामा सुनुवाइ हुनेछ । चलाउनेमाथि २० असोज २०७७ मा नेपाल विद्यार्थी संघका नेताहरूले सांघातिक आक्रमण गरेका थिए । सोही प्रकरणमा योगेन्द्र रावल, दीपकराज ओझा, हरिप्रसाद आचार्य, रुपेश साहलगायतविरुद्ध मुद्दा दर्ता भएको थियो ।