समाचार

सांसदको गोली हानी हत्या

२९ मंसिर २०७८, बुधबार १७:४९
सांसदको गोली हानी हत्या

एजेन्सी । उत्तर नाइजेरियाको कडुना राज्यका एक विधायकलाई सोमबार राजमार्गमा बन्दुकधारीहरूको एक समूहले गोली हानी हत्या गरेका स्थानीय अधिकारीले बुधबार बताएका छन् ।

काडुना राज्य सभाका सभामुख युसुफ इब्राहिम जाइलानीले सिन्ह्वालाई फोनमार्फत् दिएको जानकारी अनुसार राजधानी कडुना शहर र राज्यको अर्को शहर जरियालाई जोड्ने राजमार्गमा बन्दुकधारीहरूले सोमबार राति गरेको आक्रमणमा एक विधायकसहित केही व्यक्तिको मृत्यु भएको हो ।

जयलानीलेभने यो दुःखद र पीडादायी घटना भएको छ, घटनाप्रति हामी गहिरो दुःख व्यक्त गर्दछौं ।” नाइजेरियाको उत्तरी र मध्य क्षेत्रमा सशस्त्र आक्रमण एउटा प्रमुख सुरक्षा खतरा भएको छ । उक्त क्षेत्रमा पछिल्ला केही महिनाहरूमा मृत्यु र अपहरणका घटना बढेका छन् ।

प्रतिक्रिया दिनुहोस्