८ असोज, काठमाडौं। नेकपा एमाले बागमती प्रदेशको अधिवेशन आजबाट सुरु हुँदैछ। संघीय संरचनामा गएपछि पहिलो चोटी एमालेमा बागमती प्रदेश अधिवेशन भइरहेकाे छ।काठमाडौँको भृकुटीमण्डपमा सुरु हुने अधिवेशनले बागमती प्रदेशमा नयाँ नेतृत्व चयन गर्नेछ।
सहमतिमा नेतृत्व चयनका लागि छलफल चलिरहेको छ । तर अध्यक्षमा आकांक्षीको संख्या धेरै देखिएपछि सहमतिको सम्भावना कम हुँदै गएको छ । यद्यपि, सहमतिमा नेतृत्व खोेज्न छलफल जारी रहेको नेताहरूले बताएका छन् ।
अधिवेशनमा सहभागिताका लागि १३ जिल्लाबाट प्रतिनिधि छनोट भएर आइसकेका छन्। आयोजक कमिटीका अध्यक्ष केशवराज पाण्डेका अनुसार नेतृत्व चयनका सर्वसम्मतरूपमा गराउन पहल भइरहेको र सम्भव नभएमा केही पदमा निर्वाचन पनि हुनसक्छ।
सहमतिमा नेतृत्व चयनका लागि छलफल चलिरहे पनि अध्यक्षमा आकांक्षीको संख्या धेरै देखिएपछि सहमतिको सम्भावना कम हुँदै गएको छ। सहमतिबाट नेतृत्व चयन हुन नसकेमा विद्युतीय मतदान गराउने तयारी एमालेले गरेको छ।
अध्यक्षमा केन्द्रीय सदस्यहरू कैलाश ढुंगेल, कृष्ण दाहाल र रचना खड्का दौडमा छन् । त्यसरी नै वाग्मती प्रदेश अध्यक्ष केशवराज पाण्डे, सचिव विजय सुवेदी, पूर्वसांसद कृष्णभक्त पोखरेल, वाग्मती प्रदेशसभाका पूर्वसभामुख सानुकुमार श्रेष्ठ पनि अध्यक्षका दाबेदार छन् ।