समाचार

विनोद चौधरीको गुनासो – केही गर्न खोज्नेलाई पाखा लगाइन्छ​​​​

७ आश्विन २०८०, आईतवार ०७:३२
विनोद चौधरीको गुनासो – केही गर्न खोज्नेलाई पाखा लगाइन्छ​​​​

७ असोज, काठमाडौं। उद्योगपति एवं नेपाली कांग्रेस नेता विनोदकुमार चौधरीले नेपाली राजनीतिमा केही गर्न खोज्नेलाई पाखा लगाउने प्रवृत्ति बढेको बताएका छन् ।​

चौधरीले राजनीतिक विषयले मात्रै मुलुक बन्न नसक्ने दाबी गर्दै पार्टीले आगामी १० वर्षको विकासको खाका सार्वजनिक गर्नुपर्ने बताए । बैठकमा चौधरीको प्रश्न थियो, ‘यो पार्टीको अबको दश वर्षको देश विकासको दृष्टिकोण के हो ? हाम्रो विकासको खाका कस्तो हुने हो ? त्यसको कुनै आधिकारिक दस्तावेज पार्टीको केन्द्रीय समितिबाट पारित भएको जानकारी मलाई छैन । देशभित्र र र देशबाहिर रहेका नेपालीहरुले हामीलाई हेरिरहेका छन् ।

चौधरीले भने, ‘यो पार्टीको अबको दश वर्षको देश विकासको दृष्टिकोण के हो ? हाम्रो विकासको खाका कस्तो हुने हो ? त्यसको कुनै आधिकारिक दस्तावेज पार्टीको केन्द्रीय समितिबाट पारित भएको जानकारी मलाई छैन । देशभित्र र र देशबाहिर रहेका नेपालीहरुले हामीलाई हेरिरहेका छन् । यो पार्टीले राजनीतिको कुरा मात्रै गर्छ कि विकासको पनि कुरा गर्छ ? देशबाहिर जान बाध्य भएका नेपालीलाई देशमै फर्काउने स्पष्ट रोडम्याप बनाउनुपर्छ ।’

यो पार्टीले राजनीतिको कुरा मात्रै गर्छ कि विकासको पनि कुरा गर्छ ? देशबाहिर जान बाध्य भएका नेपालीलाई देशमै फर्काउने स्पष्ट रोडम्याप बनाउनु पर्दैन ?’

उनले पार्टीको केन्द्रीय समिति बैठकमा विकास र आर्थिक एजेण्डामा छलफल गर्नुपर्ने माग गरे । चौधरीले अर्को बैठक अर्थतन्त्रको एजेण्डामा केन्द्रित हुनुपर्ने समेत बताए ।

चौधरीले भने, ‘विकास निर्माणका कामहरु ठप्प भएका छन् । उद्योगधन्दाहरु ठप्प छन् । उद्यमीको मर्म हामीले बुझ्न नसक्ने हो भने नेपाल बाहिर रहेका युवाहरुलाई पार्टीसँग जोड्न नसक्ने हो भने आगामी दिन झनै कठिन हुने देखिन्छ । म आग्रह गर्न चाहन्छु कि फराकिलो दृष्टिकोणले यो पार्टीलाई पुननिर्माण गर्ने तरिकाले आउने केन्द्रीय समिति बैठकले आर्थिक विकासका मुद्धा, नेपालबाहिर रहेका नेपालीलाई स्वदेश फर्काउने मुद्धालाई, रोजगारको वातावरण सिर्जना गर्ने मुद्दामा छलफल हुनुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्